समाज

नुवाकोटको लौके झरना आन्तरिक पर्यटकको आकर्षण बन्दै

नुवाकोटको लौके झरना आन्तरिक पर्यटकको आकर्षण बन्दै

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ८ र ककनी गाउँपालिका वडा नं ५ को सिमा अवस्थित ठूलो छहरे लौके झरना आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको छ । 

काठमाडौं उपत्यकाबाट करिब २५ किलोमिटरको दूरीमा रहेको झरनामा रमाउन पछिल्लो समय उल्लेख्य रुपमा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । यहाँ आउने पर्यटकले स्थानीय किसानले उत्पादन गरेका कृषि उपज पनि खरिद गर्ने गरेको छन् । 

गाउँपालिका पदमाग बनाएपछि व्यवस्थित भएपछि पर्यटकको संख्या बढेको छ । झरना आसपासका क्षेत्रमा थप पूर्वाधार निर्माणको तयारी समेत स्थानीय तहले गरेको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *