मुख्य समाचार

संसदमा जारी गतिरोध हटाउन दाहाल, देउवा र ओली सहमत

संसदमा जारी गतिरोध हटाउन दाहाल, देउवा र ओली सहमत

केही दिनदेखि संसदका दुबै सदनमा देखिएको गतिरोध अन्त्य हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संसद्को अवरोध हटाउने विषयमा समझदारी बनेको छ । सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री दाहालले आज तीन बजेका लागि तय भएको बैठकलाई सम्बोधन गरेर प्रतिनिधिसभा बैठक अगाडि बढाउने समझदारी भएको हो । प्रधानमन्त्री दाहालले बैठकको सुरुमा बोल्ने र संसद् सुचारु राख्ने विषयमा समझदारी बनेको बैठकपछि नेताहरुले जानकारी दिएका छन ।
बैठकपछि एमाले अध्यक्ष ओलीले भने गतिरोध अन्त्य हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा ‘भरे देख्नुहुन्छ’ भन्ने छोटो प्रतिक्रिया मात्रै दिएका छन । 
संसद निरन्तर अबरुद्ध भएपछि प्रधानमन्त्री दाहालले आज एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति देउवासँग सिंहदरबारमा परामर्श गरेका थिए । यसअघि असार १८ गते दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै निरन्तर संसदका दुबै सदन अबरुद्ध गर्दै आएको थियो ।  प्रधानमन्त्रीको राजीनामा माग गर्दै एमालेले बुधबारबाट संसद् अवरुद्ध गर्दै आएको थियो । प्रधानमन्त्री दाहालले एक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले राजीनामा माग गरेको थियो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *