समाज

आज ललितपुरको यी तीन क्षेत्रमा कर्फ्यू आदेश जारी

आज ललितपुरको यी तीन क्षेत्रमा कर्फ्यू आदेश जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार (आज) बिहान कर्फ्यु आदेश जारी गरेको छ । 

जेनजी आन्दोलनलाई लक्षित गर्दै ललितपुरले आज बिहान ७ बजेदेखि रातिको १२ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०८८ को दफा ६ को बमोजिम ललितपुर जिल्लाको विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको हो । 

कर्फ्यू आदेश अनुसार ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र १५ भित्रका केही क्षेत्रलाई चारकिल्ला तोकी सो सीमाभित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ जस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ।

वडा नं. ४, ५, १५ र २४ को भैंसेपाटी क्षेत्र, वडा नं. २ सानोपा स्थित इन्द्रायणी मार्ग आसपास क्षेत्र, वडा नं. १ को च्यासल क्षेत्रमा कर्फ्यु आदेश लागु हुने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । 

प्रमुख जिल्ला अधिकारी घिमिरेले शान्ति, सुरक्षा कायम गर्न र सम्भावित अप्रिय गतिविधि नियन्त्रण गर्न कर्फ्यू आदेश जारी गरिएको जनाएका छन्।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *