समाज

प्रधानमन्त्रीलाई ‘आतंकवादी’को संज्ञा दिँदै बालेनले गरे आलोचना

प्रधानमन्त्रीलाई ‘आतंकवादी’को संज्ञा दिँदै बालेनले गरे आलोचना

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री के.पी. शर्मा ओलीको आलोचना गरेका छन् । 

जेनजी समूहले सोमबार गरेको देशव्यापी आन्दोलनमा २२ जनाको ज्यान गएपछि बालेनले सामाजिक सञ्जालमा स्टाटस राख्दै प्रधानमन्त्री ओलीलाई ‘आतंकवादी’ को संज्ञा दिएका हुन् । 

बालेनले प्रधानमन्त्री ओलीलाई आफना छोराछोरी नभएका कारण मृत्युको पीडा नबुझेको भनि कटाक्ष गरेका छन् । 

बालेनले यो आतंकवाद विश्वले कहिले नदेखेको बताउँदै नेता बन्न लायक नभएको मात्र नभई मान्छे पनि बन्न लायक नभएको बताएका छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *