समाज

खुकुरी बनाउने पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै जाँदा उत्पादनमा संकट

खुकुरी बनाउने पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै जाँदा उत्पादनमा संकट

भोजपुर । परम्परागत खुकुरी बनाउने कालीगड पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै जाँदा भोजपुर जिल्लामा भोजपुरे खुकुरी उत्पादनमा संकट देखिएको छ । 

दक्ष कालीगडको अभावले माग अनुसारको उत्पादन गर्न नसकिएको व्यवसायीहरू बताउँछन् । पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले कालीगड पेसा संकटमा पर्दै गएको हो । खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालीगड अभावले उत्पादनमा कमि आएको हो । 

कालीगड पेसामा नयाँ पुस्ताको रुची हराउँदै गएको कारण खुकुरी उत्पादनमा कमि आउँदा माग धान्न समस्या रहेको छ । भोजपुरे खुकुरीको माग स्थानीय बजार, बाहिरी जिल्लासँगै अन्तर्राष्ट्रिय बजारसम्म हुने भएपनि माग अनुसारको खुकुरी उत्पादन हुन नसकेको व्यावसायीहरुको भनाइ छ । 

मुख्य गरेर भोजपुरे, सिरुपाते, चित्लाङ्गले कोथीमोडालगायतका खुकुरीको बजारमा बढी माग रहेको व्यावसायी बताउँछन् । यहाँ उत्पादन भएका खुकुरी आकार अनुसार न्यूनतम एक हजारदेखी अधिकतम २० हजारसम्म पर्ने व्यवसायीहरुको भनाइ छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *