समाज

नेकपा एमालेमाथि माओवादीले आक्रमण गरिरहेको छः महासचिव पोखरेल

नेकपा एमालेमाथि माओवादीले आक्रमण गरिरहेको छः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरलले नेकपा एमाले र पार्टीको नेतृत्वलाई नेकपा (माओवादी केन्द्र) ले आक्रमण गरिरहेको बताएका छन् ।

कास्कीमा राष्ट्रिय युवा संघ नेपालको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै पोखरेलले यस्तो चेतावनी दिएका हुन् । उनले नेकपा एमाले पार्टी र पार्टीको नेतृत्वमा हमला गर्ने काम माओवादीले गरिरहेको बताए । पोखरेलले उनीहरुको उद्देश्य नै नेकपा एमालेलाई कमजोर र समाप्त पार्नु रहेको बताए । अहिलेको सरकारले बिग्रिएको नेपालको अर्थतन्त्र सुधार गरिरहेको दाबी गरे ।  

महासचिव पोखरेलले नेकपा एमालेको नेतृत्वको सरकार र नेकपा एमालेबाट कुनै गलत काम नभएको दाबी गरे । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *