समाज

चुच्चेपाटीको भाटभटेनीमा जलेको अवस्थामा फेला परेको शवको पहिचान हुन सकेन

चुच्चेपाटीको भाटभटेनीमा जलेको अवस्थामा फेला परेको शवको पहिचान हुन सकेन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले काठमाडौंको चुच्चेपाटीको भाटभटेनीमा आगो लगाएपछि जलेको अवस्थामा फेलापरेका शवको पहिचान हुन सकेको छैन । 

भाटभटेनीमा आगो लागेपछि सरसफाइ गर्ने क्रममा फेलापरेका सात कङ्कालसहितको शव पहिचान हुन नसकेको हो । सात शवको हड्डीसहितको कङ्कालमात्रै फेलापरेकाले पहिचान हुन नसकेका हुन । अरू सबैको शव पोस्टमार्टम गरेर परिवारलाई बुझाइसकिएको प्रहरीले जनाएको छ । 

परिवारका सदस्य सम्पर्कमा आएर डिएनए परीक्षण गरेपछि मात्रै पहिचान गर्न सक्ने अवस्था रहेको प्रहरीले जनाएको छ । मृतक परिवारका सदस्य सम्पर्कमा आएमा डिएनए परीक्षण गरेर शव हस्तान्तरण गर्न धेरै समय नलाग्ने विज्ञको भनाइ छ । 

काठमाडौं कोटेश्वरको भाटभटेनीमा बुधबार भेटिएको एक जनाको भने पहिचान भएको छ । कंकाल रामेछाप जिल्ला खाँडादेवी–६ का विकास रसाइलीको रहेको खुलेको हो । जेनजी आन्दोलनमा कुल ७४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *