Siddarth bankविज्ञापन
समाज

कांग्रेस सभापति देउवाको स्वास्थ्य अवस्था सुधारोन्मुख

कांग्रेस सभापति देउवाको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको छ । 

कार्यसम्पादन समितिको बैठकपछि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टी सभापति देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाको स्वास्थ्यमा क्रमिक सुधार देखिएको जानकारी चिकित्सकहरुले गराएको बताएका हुन् । 

उनले सभापति देउवाको गर्धनभन्दा माथि टाउकोमा १२ वटा टाँका लगाएको बताए । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले सभापति देउवा सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा रहेको जानकारी गराएका थिए । 

भदौ २४ गते जेनजीको प्रदर्शनका क्रममा घरमै कुटपिट हुँदा देउवा दम्पती गम्भीर घाइते भएका थिए ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *