समाज

बागलुङमा रोपाइँ जात्रालाई निरन्तरता

बागलुङमा रोपाइँ जात्रालाई निरन्तरता

बागलुङ । बागलुङ बजारमा नेवारी समुदायका युवाहरूले यो वर्ष पनि पुरानो संस्कृति रोपाइँ जात्रालाई निरन्तरता दिएका छन् । 

शहरीकरणसँगै बागलुङ बजारमा बसोबास गर्दै आएका नेवार समुदाय काठमाडौं पोखरा लगायतका शहरहरूमा बसाइँसराइ गरेर गएपछि लोप हुने अवस्थामा पुगेको संस्कृतिलाई युवा पुस्ताले निरन्तरता दिएका हुन् । 

महिलाको भेषमा सजिएका पुरुषले असारे गीत गाएर परम्परा लाई निरन्तरता दिँदै संस्कृति जोगाउने काम गरिरहेको नेपाल भाषा मंका खलले जनाएको छ ।

बागलुङमा नेवार समुदायले प्रदर्शन गर्ने भदौरे रोपाइ नाचको रौनकता छुट्टै हुने गरेपनि पछिल्लो समय लोप हुँदै गएको छ । बागलुङका नेवार समुदाय बाहिर गएको कारणले यस्तो अवस्था आएको स्थानीयको ठम्याई छ । 
 
बागलुङको रोपाइँ जात्रा २३९ वर्षभन्दा पुरानो रहेको नेवारी समुदायका जानकार बताउँछन् । शिखारी, थेत्तर र नागनागिनी नाच बढी खर्चिलो भएकाले यसअघि नै देखाउन छाडिसकिएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *