काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले पनि आकस्मिक रुपमा संसदीय दलको बैठक बोलाएको छ ।
उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने तयारी गरेको कांग्रेसले छलफल र हस्ताक्षरका लागि सांसदहरूलाई बोलाएको बुझिएको छ ।
बैठक मध्यान्ह बा¥ह बजेपछि संसदीय दलको कार्यालयमा बस्नेछ । उपसभामुख रानामगरले संसद सचिवालयको लेटरप्याडमा विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोपमा उनीमाथि छानबिनको माग भइरहेको थियो ।
उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले हाल संवैधानिक परिषदमा कांग्रेसको प्रतिनिधित्व नहुँदा रानामगरलाई हटाउने प्रयास सत्ता साझेदार दलहरुले गरिरहेका छन् ।
