Siddarth bankविज्ञापन
समाज

दशैं नजिकिएसँगै बजारमा उपभोक्ताको भिड

दशैं नजिकिएसँगै बजारमा उपभोक्ताको भिड

काठमाडौं । दशैं नजिकिएसँगै बजारमा किनमेल गर्नेको घुइँचो लागेको छ ।  

कपडा एवं खाद्यान्नका थोक तथा खुद्रा पसलमा उपभोक्ताको घुइँचो लाग्न थालेको हो ।

राजधानीको मुख्य बजारहरु असन, इन्द्रचोक, महाबौद्ध, न्यूरोड, सुन्धारा, टेकु, त्रिपुरेश्वरमा उपभोक्ताको घुइँचो बढेको छ । 

शहरमा सस्तो सामान पाइन्छ भनी किनमेलका लागि आए पनि विगतमा भन्दा भाउ बढेको पाइएको उपभोक्ताले बताए । चीनसँगको नाका तातोपानी र रसुवागढी बन्द भएका कारण कपडा नआएकाले व्यवसायीले भाउ बढाएको जनाएका छन् ।

बडादशैं, तिहार र छठ पर्वका अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत भदौ ३० गतेदेखि नै सहुलियत मूल्य पसल शुरु गरिसकेको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *