समाज

जलाधार संरक्षण तथा वन्यजन्तुका लागि महोत्तरीको साझेदारीवनमा पोखरी निर्माण

जलाधार संरक्षण तथा वन्यजन्तुका लागि महोत्तरीको साझेदारीवनमा पोखरी निर्माण

महोत्तरी । जलाधार संरक्षण तथा वन्यजन्तुका लागि महोत्तरीको साझेदारीवनमा संरक्षण पोखरी निर्माण गरिएको छ ।  

जलवायु परिवर्तन एवं मानवीय कारणले पानीका मूलहरू सुक्दै गएको वातावरण संरक्षण गर्ने, पानीका मुहानहरू सुक्न नदिने र वन्यजन्तुलाई सहज ढंगले पानी उपलब्ध गराउने उद्देश्यले टुटेश्वरनाथ साझेदारीवन उपभोक्ता समुह टुटेश्वर र गडन्ता बर्दिवास साझेदारी बन उपभोक्ता समुह गौशालाले वनमा तीन वटा नयाँसंरक्षण पोखरी निर्माण गरिएको हो । 

समुहले सात वटा पोखरीको मर्मतसम्भार गरेका छन् । साझेदारी वनभित्र  १० लाखको लागतमा निर्माण गरिएको संरक्षण पोखरीको प्रभाव अहिले नै देखापर्न थालिसकेको छ । 
 
निर्माण गरिएको संरक्षण पोखरीमा पाइप मार्फत खोल्सीको पानी ल्याएर जम्मा गर्ने गरिएको छ । जलाधार संरक्षण, वन्यजन्तुका लागि, प्राकृतिक सौन्दर्य वन्यजन्तुलाई पानी खान, आहाल खेल्न र प्रकृतिको रिचार्जका लागि पोखरी निर्माण गरिएको हो । 

संरक्षण पोखरीका कारणले वन्यजन्तुहरूले बस्तीभित्र छिरेर दुःख दिन पनि कम भएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *