समाज

सत्तारुढ दल कांग्रेसको पदाधिकारी बैठक जारी

सत्तारुढ दल कांग्रेसको पदाधिकारी बैठक जारी

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी बैठक जारी छ  । 

सोमवार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा शुरु भएको बैठक अलिे पनि जारी छ । बैठकमा पार्टीका पछिल्ला गतिविधि, राजनीतकि समसामयिक गतिविधि, आगामी आर्थिक वर्षको बजेटबारे छलफल भइरहेको छ ।

साथै गृहमन्त्री रमेश लेखकबारे पनि छलफल केन्द्रित हुने बताइएको छ । आजको बैठकले गृहमन्त्री लेखकबारे आधिकारिक धारणा बनाउने बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग गरी दैनिक घुस लिने गरेको गृहमन्त्री लेखकलाई आरोप लागेको छ ।

उनले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने माग भइरहेको छ । कांग्रेसका केही नेताहरूले पनि लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । यता गृहमन्त्री लेखकले भने आफूले कहिल्यै आर्थिक अनियमितता गरेको प्रमाणित गर्नसके राजनीतिबाटै राजीनामा दिने बताउादै आएका छन् । साथै जेठ १३ गते बस्ने प्रतिनिधि सभाको बैठकमा आफूले उक्त घटनाक्रमबारे जानकारी गराउनका लागि समय लिइसकेको पनि मन्त्री लेखकले बताएका छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *