समाज

कांग्रेस नेता आलमलाई सफाइ  दुई न्यायाधीश बिरुद्ध न्यायपरिषदमा उजुरी

कांग्रेस नेता आलमलाई सफाइ  दुई न्यायाधीश बिरुद्ध न्यायपरिषदमा उजुरी

काठमाडौं ।  रौतहटमा बम बिष्फोट र इटाभट्टामा मानिसलाई जीउँदै जलाएको आरोप लागेका  कांग्रेस नेता एवं  पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई सफाई दिने न्यायाधीश बिरुद्ध कारवाहीको माग गर्दै न्याय परिषद्मा उजुरी परेको छ । 

युवराज पौडेल सफलले आलम  लगायत रौतहट बम विस्फोटमा संलग्नहरुलाई सफाइ दिने फैसला गर्ने दुई न्यायाधीशहरुमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग सहित न्यायपरिषदमा उजुरी दिएका हुन्  । पौडेलले फैसला गर्ने न्यायाधीशहरु डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनमाथि छानबिन गर्नुपर्ने माग राखी परिषदमा निवेदन दिएका हुन् ।

गत बुधबार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले बम विस्फोटबाट घाइतेहरुलाई ज्युँदै इँटाभट्टामा पोलेको आरोप खेपेका आलम लगायतलाई सफाइ दिने फैसला गरेको थियो ।उजुरीमा पौडेलले उच्च अदालतको संयुक्त इजलासका न्यायाधीशद्वय  थारु र  महर्जनले आलमलाई सफाइ दिने गरी गरेको फैसलाले पीडितलाई अन्याय पुर्‍याएको र अब न्यायिक प्रक्रियामै अवरोध सिर्जना भएको उल्लेख गरेका छन्।  

जिल्ला अदालत रौतहटले  २०८१ वैशाख १३ गते आलम सहितलाई जन्‍मकैदको फैला गरेको थियो।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *