समाज

अख्तियारले कर्मचारी बोलायो भन्दैमा गृहमन्त्रीको राजीनामा मागेर संसद अवरुद्ध गर्नु लोकतन्त्रविरुद्धः कांग्रेस

अख्तियारले कर्मचारी बोलायो भन्दैमा गृहमन्त्रीको राजीनामा मागेर संसद अवरुद्ध गर्नु लोकतन्त्रविरुद्धः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले एउटा कर्मचारीलाई अख्तियारले बोलायो भन्दैमा गृहमन्त्रीको राजीनामा मागेर संसद अबरुद्ध गर्नु लोकतन्त्रविरुद्ध भएको बताएका छन् । 

बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक घिमिरेले अख्तियारले कर्मचारीलाई किन बोलायो भन्नेसम्म पनि ज्ञात नभएको अवस्थामा गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको बताए । उनले पुष्पकमल दाहाल नेतृत्वको सरकारका मुख्यसचिवमाथि अनुसन्धान र निलम्वन गर्दा दाहालले राजीनामा दिएका थिए  भन्दै प्रश्न गरे ।  

बोलाइएका कर्मचारीलाई न थुनामा राखेको न कुनै मुद्दा अभियोजन गरेको न त बयान लिएको भन्दै यत्तिकैमा गृहमन्त्रीको राजीनामा माग्नु सरकारलाई असफल पार्ने षडयन्त्र भएको बताए ।   घिमिरेले अख्तियारले अनुसन्धानको प्रक्रियामा कसैलाई सोधपुछ गर्दैमा मन्त्रीले राजीनामा र जवाफ दिने हो भने हरेक दिन जवाफमात्र दिइरहनुपर्ने अवस्था रहने स्पष्ट पारे । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *