समाज

संसद् विघटन असंवैधानिक भएको कांग्रेसको ठहर

संसद् विघटन असंवैधानिक भएको कांग्रेसको ठहर

काठमाडौं । नेपाली कांग्रेसले संसद् विघटन असंवैधानिक भएको ठहर गरेको छ । 

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले संसद् विघटन असंवैधानिक भएको भन्दै विरोध गर्ने निर्णय गरेको हो । 

बैठकले संसद् विघटनको विषयमा अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ । बैठकले जेनजी आन्दोलनको क्रममा भएको तोडफोड, आजगजी र लुटपाटको निन्दा र भत्र्सना गर्दै उच्च स्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । 

बैठकले संविधानको रक्षाका लागि राजनीतिक दल, नागरिक समाज लगाएत सरोकारवाला निकायसंग छलफल गरि शान्ति, लोकतन्त्र र अग्रगमनको पक्षमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । 

संविधानको संरक्षण र अहिलको शासन व्यवस्थाको संस्थागत स्थायीत्वमार्फत मुलुकमा बिकसित बर्तमान राजनीतिक अवस्थाको उचित निकास पनि अहिलेको संविधानभित्रैबाट खोज्न सकिने पार्टी दृढ रहेको पनि कांग्रेसले जनाएको छ । 

कांग्रेसले जेनजी आन्दोलनका जायज मागलाई आत्मसात गर्ने निर्णय गर्दै त्यसलाई विधिवत् रुपमा सम्बोधन गर्न कांग्रेस सदैव प्रतिवद्ध रहेको निष्कर्ष पनि निकालेको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *