Siddarth bankविज्ञापन
समाज

नवनियुक्त प्रधानमन्त्री कार्कीलाई भारतीय समकक्षी मोदीद्वारा बधाई

नवनियुक्त प्रधानमन्त्री कार्कीलाई भारतीय समकक्षी मोदीद्वारा बधाई

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा सुशीला कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । 

प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जालमा सन्देश जारी गर्दै नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा कार्कीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका हुन् । उनले भारत नेपालका जनताको शान्ति, प्रगति र समृद्धिको लागि सदैव प्रतिबद्ध रहेको पनि जनाएका छन् । 

मोदीले लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।’

कार्कीले शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्रीको शपथ लिएकी छिन् । प्रतिनिधिसभा विघटन भएकाले आगामी फागुन २१ गतेलाई मध्यावधि चुनाव तोकिएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *