Siddarth bankविज्ञापन
समाज

प्रधानमन्त्री सुशीला कार्कीलाई चीनको बधाई

प्रधानमन्त्री सुशीला कार्कीलाई चीनको बधाई

काठमाडौं । नव नियुक्तका प्रधानमन्त्री सुशीला कार्कीलाई छिमेकी मित्रराष्ट्र चीनले बधाई दिएको छ । 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले प्रधानमन्त्री कार्कीलाई बधाई दिएका हुन् । चीनले सधैंझैँ नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको चीनले सम्मान गर्ने पनि जनाएको छ । 

चीन र नेपालको मित्रता पुरानो र ऐतिहासिक रहेको चिनिया विदेश मन्त्रालयले उल्लेख गरेको छ । चीनले नेपालसँग मिलेर पञ्चशीलका सिद्धान्तहरूलाई प्रवद्र्धन गर्ने, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोगलाई सुदृढ बनाउने र द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउने तयारी गरेको जनाएको छ ।  

कार्कीलाई अर्को छिमेकी देश भारतसँगै, बंगलादेश, बेलायल, संयुक्त राष्टसंघ लगायतले पनि बधाइ दिएका छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *