समाज

बाबुराम भट्टराईको अभिव्यक्तिलाई लिएर द्वन्द्व पीडितद्वारा कार्यक्रम स्थलमै आक्रोश व्यक्त

बाबुराम भट्टराईको अभिव्यक्तिलाई लिएर द्वन्द्व पीडितद्वारा कार्यक्रम स्थलमै आक्रोश व्यक्त

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) नयाँ शक्ति का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको अभिव्यक्तिलाई लिएर द्वन्द्व पीडितले कार्यक्रम स्थलमै आक्रोश व्यक्त गरेका छन् । 

नेपाल मानवअधिकार सङ्गठनले बिहीबार काठमाडौंमा आयोजना गरेको मानव अधिकार र लोकतन्त्रमा सङ्क्रमणकालीन न्यायको असर विषयक नागरिक स्तरीय छलफलमा डा. भट्टराईको अभिव्यक्तिलाई लिएर तनाव भएको हो । 

पूर्व प्रधानमन्त्री भट्टराईले देशमा ठुला क्रान्ति हुँदा, द्वन्द्व हुँदा लाखौं मारिने, तर नेपालमा १७ हजार मात्रै मारिएको बताएपछि द्वन्द्वपीडितहरु आक्रोशित भएका थिए । भट्टराईले माओवादी युद्धमा भएको हताहतिलाई लिएर विवादास्पद अभिव्यक्ति दिएपछि कार्यक्रम स्थलमै तनाव भएको हो । 

कार्यक्रम स्थलमा आक्रोश बढेपछि पूर्वप्रधानमन्त्री भट्टराई कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *