मुख्य समाचार

केही पार्टी मिल्दैमा समाजवादको यात्रा पूरा नहुने बामदेव गौतमको टिप्पणी

केही पार्टी मिल्दैमा समाजवादको यात्रा पूरा नहुने बामदेव गौतमको टिप्पणी

पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सबै कम्युनिष्टहरुलाई एकतावद्ध हुन आह्वान गरेका छन् । नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसलाई कीर्तिपुरमा सम्बोधन गर्दै उनले समाजवादी मोर्चा बनाउनु राम्रो भएपनि एक/दुई वटा पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा नहुने बताए। 

नेता गौतमले नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज, समृद्ध समाजवादको निर्माण कम्युनिष्ट मोर्चाहरु मिलेर मात्रै सम्भव रहेको उल्लेख गरे । लोकतान्त्रिक मूल्य, मान्यताको समाजवाद, समृद्ध समाजवादको लागि सबै नेपाली कम्युनिष्टहरु एउटा मोर्चामा आउन जरुरी रहेको उनको भनाइ छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *