समाज

पर्वतमा एमाले युवा समूहबीच झडप, २ नेता घाइते

पर्वतमा एमाले युवा समूहबीच झडप, २ नेता घाइते

पोखरा । नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा दुई युवा समूहबीच भएको झडपमा गण्डकी प्रदेश सदस्य अर्जुन निर्जन पौडेल र युवा संघका नेता धु्रव श्रेष्ठ घाइते भएका छन् ।

पार्टी आन्तरिक विवादले चर्को रूप लिँदै गएपछि झडप भएको बताइएको छ । गणेश तिमिल्सिना र पदम गिरी पक्षबीच मतभेद तीव्र बनेपछि झडपमा परिणत भएको बताइएको छ ।

गिरी पक्षले आज अधिवेशनको उद्घाटन गरेपछि तिमिल्सिना पक्षले समय सार्नुपर्ने माग गर्दै विरोध जनाएपछि विवाद चर्किएको थियो ।

झडपमा घाइते भएका पौडेलको पर्वतस्थित शान्तिदीप अस्पतालमा उपचार भइरहेको छ भने श्रेष्ठको पनि सामान्य उपचार गरिएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *