समाज

आज निजामती सेवा दिवस मनाइँदै

आज निजामती सेवा दिवस मनाइँदै

काठमाडौं । सरकारले आइतबार (आज) २२ औँ निजामती सेवा दिवस भव्य रूपमा मनाउँदै छ ।

विगत पाँच वर्षदेखि ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने एउटै नाराका साथ निजामती सेवा दिवस मनाउने गरिएको छ । तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको पालामा २०१३ भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको स्मरणमा २०६१ सालदेखि सरकारले निजामती सेवा दिवस मनाउँदै आएको हो । 

निजामती सेवाप्रति जनचासो बढाउने, सेवाको गतिशीलतामा वृद्धि गर्ने, सुशासन कायम गर्न निजामती सेवाको भूमिका प्रभावकारी पार्ने, युवा जनशक्ति र बजारको उत्कृष्ट प्रतिभालाई निजामती सेवाप्रति आकर्षित गर्न निजामती सेवा दिवस मनाउनुको मुख्य उद्देश्य हो । 

निजामती प्रशासन स्थायी सरकार भए पनि यसले प्रदान गर्ने सेवाप्रति आमनागरिक पूर्ण रूपमा सन्तुष्ट भने हुन सकेका छैनन् । निजामती कर्मचारीले प्रदान गर्ने सेवा झन्झटिलो र प्रक्रियामुखी भएकाले सेवाग्राही निजामती सेवाप्रति सन्तुष्ट हुन नसकेका हुन् ।

संविधान जारी भएको १० वर्षमा पनि सङ्घीय निजामती सेवा ऐन जारी हुन नसक्दा निजामती कर्मचारीलाई सेवा प्रवाहप्रति उत्साह नभएको निजामती कर्मचारीको गुनासो छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *