Siddarth bankविज्ञापन
समाज

रेशम चौधरीले छोडे नागरिक उन्मुक्ति पार्टी, गरे नयाँ पार्टी घोषणा

रेशम चौधरीले छोडे नागरिक उन्मुक्ति पार्टी, गरे नयाँ पार्टी घोषणा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी परित्याग गरेका छन् । 

आइतबार सामाजिक सञ्जाल मार्फत उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

चौधरीले आफूले जन्माएको पार्टी परित्याग गरेर नयाँ पार्टी बनाउने पनि घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टीभित्र आफूलाई साथ दिनेहरूलाई पनि सँगै लिएर अगाडी बढ्ने उनको भनाइ छ । 

चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल नामक पार्टीको पनि घोषणा गरेका छन् । उनले आफ्नो दुश्मनी देशका राष्ट्रिय फटाहहरुसँग रहेको पनि उल्लेख गरेका छन । चौधरीले सांसदबाट राजीनामा दिएकाहरू फेरि फिर्ता हुन जानेहरूसँग सम्झौता नहुने बताएका छन् । 

नयाँ दल नयाँ नयाँ भावना र राजनीतिक विचारलाई स्थापना गर्ने उनको दाबी छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *