मुख्य समाचार

चिनियाँ नेताद्धारा राष्ट्रपति पौडेलसंग शिष्टाचार भेट

चिनियाँ नेताद्धारा राष्ट्रपति पौडेलसंग शिष्टाचार भेट

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य युआन जियाजुनसहितको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेको छ । आइतबार अपरान्ह भएको भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । भेटमा राष्ट्रपति पौडेलले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारको उच्च तहको भ्रमणले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई अझै सुदृढ बनाउने बताएको राष्ट्रपति कार्यालयले जनाएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको निमन्त्रणामा चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीको उच्चस्तरीय टोली आज नेपाल आएको हो । भ्रमणका क्रममा चिनियाँ टोलीले शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्नुका साथै ऐतिहासिक स्थलहरूको भ्रमण गर्ने बताइएको छ । यसअघि शनिबार एयर चाइनाको उडानबाट ५ चिनियाँ विदेश मन्त्रालयका अधिकारी काठमाडौं आएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमण गर्ने तयारी भइरहेका बेला सीपीसी नेताहरूको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । प्रधानमन्त्री दाहालको चीन भ्रमण सेप्टेम्बरमा हुने भनिए पनि मिति तय हुन बाँकी छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *