मुख्य समाचार

सय किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ

सय किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब सय किलो सुन बरामद गरेको प्रकरणमा थप एकजना चिनियाँ नागरिक पक्राउ परेका छन । चिनियाँ नागरिक जिक्वाङ लिनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो । उनी तिब्बत एयरबाट चीन भाग्न लागेको अवस्थामा आज दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो । यससँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । सो सुन प्रकरणमा बुधबार दुई र आज विहान ४ गरी ६ जना यसअघि नै पक्राउ परिसकेका थिए । नेपाल प्रहरी र भन्सार विभागका अनुसार उक्त प्रकरणमा हालसम्म दोलखाका रामकुमार भुजेल, दिलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ, एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा गरी ६ जना पक्राउ परेका हुन । उक्त प्रकरणमा बा २ च २३२४ नम्बरको ट्याक्सी पनि विभागले बरामद गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लैजाँदै गरेको अवस्थामा एक सय केजी सुन बरामद भएपछि राजस्व अनुसन्धान विभागले विशेष अप्रेसन जारी राखेको छ ।  यसैविच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भई ट्याक्सीमा राखेर बाहिर लैजान लाग्दा बरामद गरिएको ब्रेक सुसहित १ सय ५५ किलो सुन ढुकुटीमा राखिएको छ । बुधबार बरामद गरिएको सुनलाई मुचुल्का उठाएर बिहीबार बबरमहलस्थित नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग मातहतको टक्सार महाशाखाको ढुकुटीमा राखिएको हो ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *