बीजिङ, सेप्टेम्बर १२ – लोकप्रिय चिनियाँ अभिनेता र गायक यू मङ लोङ (Yu Meng Long) को ३७ वर्षको उमेरमा निधन भएको छ। चिनियाँ सञ्चार माध्यमहरु र उनको प्रबन्धक टोलीका अनुसार, सेप्टेम्बर ११ मा बीजिङ स्थित एक भवन बाट खसेर उनको मृत्यु भएको पुष्टि गरिएको छ।
यू मङ लोङको एजेंसीले एक आधिकारिक विज्ञप्तिमा भनिएको छ, “हामी निकै दुःखका साथ घोषणा गर्दछौं कि अभिनेता, निर्देशक र गायक यू मङलोङ अब हामी सँग रहेनन्। उनको योगदान सधैं सम्झना गरिनेछ।”
निधनको कारण र अवस्था
चिनियाँ खबर संस्था Global Times का अनुसार, यू मङलोङ आफ्ना साथीहरू सँग अन्तिम पटक भेटघाट गरिरहेको देखिएका थिए। रातको खाना पछि उनी साथीको अपार्टमेन्टमा बसेका थिए र बिहान उनलाई कोठामा नभेटिए पछि खोज तलास गरिएको थियो। अन्ततः उनी भवनको तल्लो तलामा अचेत अवस्थामा फेला परेका थिए।
पुलिसले प्रारम्भिक अनुसन्धानमा कुनै आपराधिक गतिविधि नभएको पुष्टि गरेको छ। तथापि, मृत्युको यथार्थ कारण सार्वजनिक गरिन बाँकी छ।
यू मङ लोङको जीवन र करियर
जन्म: स् १५ जुन १९८८, उरुमुची, जिनजियांग, चीन
उमेरस् ३७ वर्ष
पेशा:अभिनेता, गायक, निर्देशक
यू मङ लोङले प्रारम्भमा संगीत प्रतियोगिताहरु बाट आफ्नो करियरको सुरुवात गरेका थिए। उनले सन् २०१० को Super Boy गायन प्रतियोगितामा भाग लिएका थिए। पछि, उनले अभिनयतर्फ ध्यान केन्द्रित गरे र दर्जनौं टेलिभिजन श्रृंखला तथा वेब सिरिजमा काम गरे।
प्रमुख कामहरू:
Go Princess Go (२०१५)
Eternal Love
The Legend of White Snake
The Moon Brightens for You
साथै, उनले केहि म्युजिक भिडियो निर्देशन समेत गरेका थिए। उनको बहुप्रतिभा र सौम्य अभिनयशैलीले उनलाई युवा दर्शक माझ निकै लोकप्रिय बनाएको थियो।
उनको निधनको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा लाखौं फ्यानहरुले शोक व्यक्त गरेका छन्। #yumenglong ट्रेन्डिङमा रहेको छ, जहाँ फ्यानहरुले उनका मन पर्ने अभिनय क्षण र गीतहरु साझा गरेका छन्।
यू मङलोङको असामयिक निधनले चिनियाँ मनोरञ्जन उद्योग र उनका फ्यानहरूलाई गहिरो चोट पुर्याएको छ। उनले छोटो जीवनमै अभिनय, गायन र निर्देशन मार्फत उल्लेखनीय योगदान दिएका थिए।