काठमाडौं । जेनजी आन्दोलनका क्रमममा सामाजिक संजाल मार्फत पदबाट राजिनामा दिने घोषणा गरेका मधेश प्रदेशका मुख्यमन्त्री सशितकुमार सिंहले प्रादेशिक व्यवस्था र संरचनामा परिवर्तन नभएका कारण आफूले राजीनामा नदिने बताएका छन् ।
मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमा गत मंगलबार राजीनामा दिएको बताए पनि प्रदेश प्रमुखलाई राजनिामापत्र बुझाएका थिएनन् । उनले आफुले जनधनको क्षति रोक्नका लागि मात्र पद त्याग गर्न तयार रहेको समाजिक संजालमा लेखेको बताउँदै अब त्यसको कुनै औचित्य नरहेको जिकिर गरे ।
उनले त्यो समयमा निकै तनावपूर्ण अवस्था रहेको कारणले गर्दा राजीनामा दिने कुरा गरे पनि प्रदेश प्रमुख नरहेकाले राजिनामापत्र नदिएको प्रष्ट्याए ।
।
मुख्यमन्त्री सिंहको राजिनामापत्र प्रदेश प्रमुख कार्यालयमा नआएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।