काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिदैँछन् ।
दिउँसो ४ बजे हेटौँडामा बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने कार्यसूची रहेको छ । नवर्तमान मुख्यमन्त्री बहादुरसिं लामा कांग्रेस संसदीय दल नेतामा पराजित भएपछि बानियाँ कांग्रेस र एमालेका ६४ सांसदको समर्थनमा साउन २० गते मुख्यमन्त्री बनेका थिए ।
कांग्रेस र एमालेले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन ह्वीप जारी गरेका छन् । तर, कांग्रेसका लामा पक्षले पूर्व सहमति पालना नभएको भन्दै विश्वाससको मत नदिने बरु सांसद पदबाटै राजीनामा दिने धम्की दिदै आएका छन् ।
लामाले आफू पक्षीय तीन सांसदलाई मन्त्री बनाउनुपर्ने अडान राखेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले भने तत्काल विश्वासको मत दिन र मन्त्री नियुक्त गराउन आफूले मुख्यमन्त्रीलाई निर्देशन दिने आश्वासन दिएका छन् ।