काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको सिर झुक्ने खालका कुनै पनि काम नगरेको बताएका छन् ।
बुधबार कर्णाली प्रदेश स्थापना भएको १० वर्षको पुगेको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सरकारमा बसेर नागरिकको शिर झुक्ने काम आफूबाट नहुने बताएका हुन् ।
जनताको बलिदानीबाट प्राप्त कर्णालीलाई माथि उठाउन सरकारले रातदिन नभनी काम गरिहेको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले एकल प्रयासले प्रदेश संरचना संस्थागत हुन नसक्ने दावी गरे ।
मुख्यमन्त्री कँडेलले संघीयता कार्यान्वयन भएको लामो समयसम्म पनि संघले अधिकार हस्तान्तरणमा चासो नदिदा संघीयता कार्यान्वयनमा चुनौती झेल्नु परेको बताए ।
संघीयता कार्यान्वयनका क्रममा भएको अव्यवहारिक सिमाङ्कनका विरुद्ध उठेको आवाजबाट निर्मित कर्णालीलाई समृद्धिको पथमा लैजान साझा धारणा आवश्यक रहेकामा उनले जोड दिए ।