काठमाडौ। वीरगन्जमा हैजाको संक्रमण फैलिँदै गएको छ । अस्पताल भर्ना भएकामध्ये ७१ जनामा हैजा संक्रमण पुष्टि भैसकेको छ । वीरगन्जका विभिन्न अस्पतालमा हाल अस्पतालमा १ सय ६१ झाडापखालाका विरामीले उपचार गराइरहेका छन । वीरगन्ज महानगरपालिका स्वास्थ्य महाशाखाका अनुसार आइतबार साँझ ७ बजेसम्मको तथ्यांकमा ७१ जनामा हैजा प्रमाणित भएको हो । संक्रमित पुष्टि भएकामध्ये सबैभन्दा धेरै बिरामी नारायणी अस्पतालमा भर्ना भएका छन् । यस्तै तराई अस्पताल, नेसनल मेडिकल कलेज, भवानी अस्पताल, वीरगन्ज हेल्थ केयर अस्पताल, अली अर्थो अस्पताल, नारायणी सेन्टर अस्पताल र मंगलम डाइग्नोस्टिक सेन्टरमा पनि बिरामीहरू भर्ना गरिएका छन् । वीरगन्जका प्रायः सबै अस्पतालमा अहिले झाडापखालाका बिरामी भर्ना छन् ।
सङ्क्रमण फैलिँदै गएपछि स्वास्थ्य सतर्कता बढाइएको छ । स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय निर्णय प्रशासनले गरेको छ । आवश्यक पर्ने पालिकाका स्वास्थ्यकर्मीलाई केन्द्रिकृत रूपमा तोकिएको स्वास्थ्य संस्थामा खटाउन सकिने निर्णयपनि भएको छ । महानगरपालिकाले समुदाय स्तरमा हैजा फैलिन नदिन हिजो र आज विद्यालय र कलेज बन्द गरेको छ । महानगर क्षेत्रभित्र पानीपुरी, चाट, भाजा लगायतका खाद्यवस्तु बिक्री वितरण नर्गन भनिएको छ । मधेश प्रदेश सरकारले उपचारलाई सहज बनाउन नारायणी अस्पताललाई स्वास्थ्य सामग्री र औषधी सहयोग गरको छ । हिजो मात्रै केन्द्रीय सुरक्षा समितिको बैठकले वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका साथै प्रभावितको उपचारको व्यवस्थाका लागि चिकित्सक टोली परिचालन गर्ने निर्णय गरेको थियो ।
अब, बाँकी खबर ।