समाज

जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र लिन चुनौती

जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र लिन चुनौती

पर्वत । पर्वतमा जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र लिन चुनौती देखिएको छ । 

बुढ्यौली उमेर, कान कम सुन्ने र लौरोको सहारामा बाटो काटनुपर्ने बाध्यता हुँदा समस्या देखिएको हो । नागरिकता भएर पनि पुन राष्ट्रिय परिचय पत्र बनाउन जिल्लामा नै पुग्नु पर्दा गाउँ गाउँमा आएको सरकारको कुनै काम नभएको जस्तो लागेको बृद्धबृद्धाको गुनासो छ । 

सवारीको चापलाई छिचोलेर दिनभर लाईन बसेर परिचय पत्र बनाउनुपर्ने भएका कारण पर्वतका जेष्ठ नागरिकलाई सास्ती भएको हो । वडामार्फत फर्म भरेका परिचय पत्र नआउँदा पनि जेष्ठ नागरिकलाई थप सास्ती भएको जनप्रतिनिधिको भनाइ छ । 

पर्वतमा ६१ वडा र सात स्थानीय सरकार रहेका हुन् । सबै वडाका जेष्ठ नागरीकहरु भदौ मसान्त भित्र  जिल्ला प्रशासनमा पुगेर राष्ट्रिय परिचयपत्र बनाउन सूचना जारी गरेका छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *