समाज

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन् । 

सोमबार साँझ बसेको मन्त्रीपरिषद्को बैठकले उनलाई पदमुक्त गरेको हो । पुर्व न्यायधीश कृष्ण गिरिको संयोजकत्वमा छानबिन समिति बनेको समितिको प्रतिवेदनमा अध्यक्ष ओझा दोषी देखिएका कारण पदमुक्त भएको बताइएको छ ।  

शरद ओझा केही अगाडी देखी नै विवादमा देखिएका थिए । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्लाका भनिएका ओझा देउवाको समर्थनमा अध्यक्षमा नियुक्त भए पनि निलम्बनमा परेका छन् ।

नियुक्तीको समयमा अनुभवको फर्जी कागजात बुझाएको आरोपमा छानबिनमा परेका शरद ओझा नेपाल बिमा प्राधिकरणको अध्यक्षका लागि अयोग्य ठहर भएका हुन् । 

योग्यता ढाँटेर नियुक्ति लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि भ्रष्टाचार मुद्दा चलाउन सक्ने सम्भावना समेत रहेको छ ।

सम्बन्धित क्षेत्रमा ५ वर्षको उच्च व्यवस्थापकीय अनुभव हुनुपर्ने योग्यता रहे पनि ओझाले संवाददाताको रूपमा मात्रै काम गरेको देखिएकोले समितिले उनी बिमा क्षेत्रकै नियमन गर्ने प्राधिकरणमा अध्यक्ष बन्न अयोग्य रहेको निष्कर्ष प्रतिवेदनमा उल्लेख गरेको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *