मुख्य समाचार

क्रिकेट संघको  जिल्लाबाटै संरचना फेरबदल गर्न पारस खड्काको आह्वान

क्रिकेट संघको  जिल्लाबाटै संरचना फेरबदल गर्न पारस खड्काको आह्वान

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले क्रिकेट संघको राजनीति सुरु गर्ने संकेत गरेका छन । आज सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै उनले क्रिकेटको व्यवस्थापनमा लाग्ने जानकारी दिएका हुन । नेपाल क्रिकेट संघको आगामी चुनावी साधारण सभाको तयारीमा लागेका खड्काले जिल्लाबाटै संरचना फेरबदल गर्न आह्वान समेत गरेका छन । खडकाले दुई वर्षअघि २०७८ साउन १९ गते  राष्ट्रिय टिमबाट सन्न्यास घोषणा गरेका थिए  । क्यानको विधानमा चुनावमा जानका लागि खेलाडीले कम्तिमा दुई वर्षअघि क्रिकेट छोडेको हुनुपर्ने व्यवस्था छ । खड्काले क्यानको नेतृत्वमा चाह व्यक्त गरेका छन ।

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *