समाज

बुटवल बसपार्क आजबाट सञ्चालनमा

बुटवल बसपार्क आजबाट सञ्चालनमा

बुटवल । केही दिनदेखि बन्द रहेको बुटवल बसपार्क आजबाट निर्वाध रुपमा सञ्चालनमा आएको छ । 

जेनजी आन्दोलनका कारण रोकिएको यातायात सेवा सबै रुटहरुमा सुचारु भएको व्यवसायीहरुले बताएका छन् ।

भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका कारण केहिदिनदेखि बन्द रहेको बुटवल बसपार्कबाट लामो छोटो दुरीका बस तथा हल्का सवारी साधन पुर्ववत सुचारू भएको पश्चिम नेपाल बस व्यवसायी समितिले जनाएको छ । 

यातायात सुचारू भएसँगै केहिदिनदेखि बुटवलमै रहेका यात्रुहरू समेत गन्तब्यतर्फ लागेका छन । यहाबाट काठमाडौ, पोखरा पुर्व मेचि देखि पश्चिम महाकालीसम्म वसहरू संचालन हुने गरेका छन् । 

यहाँबाट दैनिक ९ सयजति सवारी साधन विभिन्न रूटका लागि छुटने गर्दछन । केहिदिनदेखि बन्द रहेका स्कुल, कार्यालय खुलेसँगै बुटवलमा चहलपहल समेत बढेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *