काठमाडौं । आज पञ्चदान पर्व । बौद्ध धर्मावलम्बीहरुले आज बौद्ध संस्कृति अनुसार पञ्चदान पर्व मनाउँदैछन् ।
प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन मनाइने यस पर्वमा बुद्ध बोधिसत्वहरुको पूजा गर्ने र बुद्धधर्ममा दीक्षित भएका संघ सदस्यहरुलाई दान प्रदान गर्ने गरिन्छ ।
दिपंकर बुद्धलाई बुद्धको पाँच रुपमा मानिन्छ । भिक्षुहरुलाई भिक्षा दान दिए भने पाँच दिपंकरलाई जमिनबाट उब्जिएको काँचो खाद्ययबस्तु, धान, मकै, गहू, भटमासका साथै अन्य अन्न र फलफुल चढाउने परम्परा छ ।
दीपंकर बुद्धलाई बौद्ध धर्मका प्रबर्तक शाक्यमुनि बुद्धलाई भविष्यमा बुद्ध हुनेछ भन्ने मान्यता अनुसार पुज्ने गरिन्छ । यो पर्व काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा, थिमी र नेवार बौद्ध धर्माबलम्वी भएको बिभिन्न बस्तीहरुमा मनाइन्छ ।
बिशेष गरी आज राजधानीको स्वयम्भुमा बिशेष रौनक हुने गर्छ । पञ्चदान लिने र दिने दुबैलाई पुण्य र भविष्यमा निर्वाण प्राप्त हुने धार्मिक विश्वास रही आएको छ ।
