समाज

पहिरोको कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिरोको कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ ।

इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा  शुक्रबार साँझ आएको पहिरोले सडक अवरुद्ध भएको हो 

डिभिजन सडक कार्यालय चितवनका शुक्रबार साँझ ६ बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको हो । शुक्रबार रातभर पटक–पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको हो ।

झण्डै १०० मिटर माथिबाट पहिरो झरेको हो । निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन सकिएको थिएन । शनिबार बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम शुरु गरिएको बताइएको छ । 

काठमाडौं र पोखराबाट चितवनतर्फ जाने सवारी साधन रोकिँदा तुइनखोलाभन्दा केही वरदेखि मुग्लिन बजारसम्मै सवारी साधनको जाम लागेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *