काठमाडौं । सुक्खा पहिरो खसेपछि पृथ्वी लोकमार्ग अवरुद्ध भएको छ ।
पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका -१० बाँदरेमोडस्थित सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ। सडक अवरुद्ध हुँदा गन्तव्यका लागि छुटेका सवारी साधन अलपत्र परेका छन् ।