मुख्य समाचार

भोजपुरको सतिघाट–दिङ्ला करिव दुई किलोमिटर सडक कालोपत्र सम्पन्न

भोजपुरको सतिघाट–दिङ्ला करिव दुई किलोमिटर सडक कालोपत्र सम्पन्न

काठमाडौ । भोजपुरको उत्तरी क्षेत्रमा अवस्थित सतिघाट–दिङ्ला करिव दुई किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ । यो आर्थिक वर्षमा  दुई करोड २० लाख लागतमा बाह्र सय मिटर सडक कालोपत्र सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले भोजपुरले जनाएको छ । दुई आर्थिक वर्षमा दुई किलोमिटर सडक निर्माण सम्पन्न भएपछि आवतजावतमा सहजता भएको छ । 
उत्तरी क्षेत्रको लागि निकै महत्वपूर्ण सडक भएपनि राज्यबाट कम मात्र बजेट विनियोजन हुँदा थोरै थोरै मात्र सडक कालोपत्र गर्नुपर्ने अवस्था रहेको छ । यहाँ प्रि मिक्स प्राविधिबाट सडक कालोपत्र गरिएको हो । यो सडक खण्डको कुल लम्बाई १२ किलोमिटर रहेको छ । यो सडक हुँदै अरुण नदी पार तर्न फेरी सञ्चालन गरिएपनि वर्षमा पाँच  छ महिना मात्र चल्ने गर्दछ । वर्षात शुरुवातसँगै फेरी बन्द हुने भएकाले समस्या भोग्नु पर्ने स्थानीयको भनाइ छ ।। 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *