समाज

राष्ट्र बैंकको गभर्नरमा बिश्व पौडेल नियुक्त

राष्ट्र बैंकको गभर्नरमा बिश्व पौडेल नियुक्त

काठमाडौं ।  नेपाल राष्ट्र बैंकको गभर्नरका  प्रा. डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । 

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले १८ औं गभर्नरका रुपमा पौडेललाई नियुक्त गरेको हो ।  मन्त्रिपरिषद् बैठकले गभर्नरमा पौडेललाई नियुक्त गरेपछि राष्ट्र बैंकमा लामो समयदेखि देखिएको गभर्नर अन्यौल सकिएको छ  ।

गत चैत २५ गतेदेखि राष्ट्र बैंकमा गभर्नरको पद रिक्त भएको थियो । सत्ता साझेदार दलहरु कांग्रेस र एमालेबीच कुरा नमिल्दा गभर्नर नियुक्ति प्रक्रिया लम्बिएको थियो । 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो । त्यसमा विश्व पौडेलको नाम एक नम्बरमा सिफारिस भएको थियो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *