समाज

प्रतिनिधिसभामा भूमिसम्बन्धी विधेयक पेश

प्रतिनिधिसभामा भूमिसम्बन्धी विधेयक पेश

काठमाडौं । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी कृषि समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश गरिएको छ । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले प्रतिवेदन पेश गरेकी हुन् । 

विधेयकमा प्रचलित कानूनबमोजिम घरजग्गा व्यवसाय गर्न अनुमति प्राप्त कम्पनीहरुले हदभित्रको जग्गा बिकास गरि घडेरीमा घर वा अपार्टमेन्ट निर्माण गरि बिक्रि गर्न सक्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, भूमिहिन, सुकुम्वासी, अव्यवस्थीत बसोवासीलाई व्यवस्थीत गर्न समेत कानूनी व्यवस्थाका साथ विधेयक अघि बढाइएको सभापति थापाले जानकारी दिईन् । 

यसअघि बिहिबार बसेको समिति बैठकले उक्त विधेयकलाई पारित गरेको थियो । विधेयकमा माओवादी र रास्वपाका सांसदहरुले असहमति जनाएका थिए ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *