समाज

संवैधानिक परिषद्सम्बन्धी विधेयक, २०७९ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा

संवैधानिक परिषद्सम्बन्धी विधेयक, २०७९ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा

काठमाडौं । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । 

बुधवार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो ।

सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावलाई संसदले सर्वसम्मतिले स्वीकृत भएको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे । 

राष्ट्रिय सभाको अर्को बैठक जेठ ५ गते सोमवार दिउँसो सवा १ बजे बस्नेगरी स्थगित भएको छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *