रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका एक सय जना माध्यामिक तह परीक्षा ‘एसईई’उत्तीर्ण छात्रालाई साइकल वितरण गरिएको छ ।
नेपाल भारत मैत्री केन्द्र, रुपन्देहीले भारतको ७९ औं स्वतन्त्रता दिवसको अवसर पारेर शनिबार साईकल वितरण गरेको हो । यसले उनीहरूलाई माध्यमिक र उच्च शिक्षा अध्ययनका लागि थप सहजता प्रदान गर्ने अपेक्षा राखिएको छ ।
दुर्गम ग्रामीण क्षेत्रमा विद्यालयसम्म पुग्न विद्यार्थीले दैनिक रूपमा घण्टौँ हिँड्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै साइकल वितरण गरिएको नेपाल भारत मैत्री केन्द्रले जनाएको छ ।
साइकल प्राप्त गरेपछि छात्राहरु पनि निकै उत्साहित देखिएका छन् । उमर बिन खिताब मदरसाबाट एसइइ राम्ररी पढाई गरेकोेले साईकल पुरस्कार पाएको र यसले आफुहरुलाई थप हौसला प्रदान गर्ने विद्यार्थीहरुले बताए ।
छात्रालाई समयको बचत, शारीरिक सहजता र सुरक्षाका साथै विद्यालयको नियमित उपस्थिति सुनिश्चित गर्न मद्दत गर्ने र साइकलले छात्राहरूको अध्ययनलाई थप प्रभावकारी र सहज बनाउनुका साथै शैक्षिक उपलब्धिमा पनि वृद्धि ल्याउने आयोजकको अपेक्षा छ ।