भोजपुर । पौवादुङमा गाउँपालिका १ श्यामशिलालाई गाउँपालिकाले किवी पकेट क्षेत्रको रुपमा विस्तार थालेको छ ।
यो क्षेत्रलाई किवी खेतीको नमूना क्षेत्र बनाउने लक्ष्यले गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गरेर खेती विस्तारमा जोड दिएको हो । स्थानीयको राम्रो आम्दानीको श्रोतको रुपमा किवी खेतीको विस्तार थालिएको छ ।
गाउँपालिकाले यहाँको भूगोल निर्धारण गरेर विभिन्न वालीहरुको खेतीमा जोड दिएको जनाएको छ । गाउँपालिकाले वडा न. ३ च्याङग्रे ४ बास्तिम, ५ सानोदुम्मा, ६ ठुलोदुम्मामा अकबरे खुसार्नी, मौरीपालन र एभोकाडो खेतीको पकेट क्षेत्र निर्धारण गरेकोे छ ।
त्यस्तै, वडा न. २ तिवारी भञ्याङलाई आलु, बन्दाकोबी र काउलीको खेतीको पकेट क्षेत्रको रुपमा विकास गर्ने योजनाका साथ काम गरिरहेको छ ।