समाज

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाे कोट फुसको छानोमुक्त क्षेत्र

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाे कोट फुसको छानोमुक्त क्षेत्र

भोजपुर । भोजपुरको पश्चिमी क्षेत्रमा अवस्थित टेम्केमैयुङ गाउँपालिका – ६ कोट फुसको छानोमुक्त वडा बनेको छ । 

वडा कार्यालयको सकृयतामा यहाँका १०८ घरको फुसको छानो हटाएर जस्ताको छानो लगाइएसँगै वडा फुसको छानोमुक्त भएको हो ।  

वषौँबाट चुहिने फुसको छानोमा बस्दै आएका स्थानीय जस्तापाताको छानो पाएपछि खुसी भएका छन् ।  वडा कार्यालयले २० लाख बजेट विनियोजन गरेर काम थालनी गरेकोमा केन्द्र सरकारले पनि अभियान सञ्चालन गरेपछि फुसको छानोमुक्त बनाउन थप सहज भएको जनप्रतिनिधिको भनाइ छ । 

जनताको चाहना तथा आवश्यकताको आधारमा गरिव तथा विपन्न परिवारलाई जस्तापाताको छाना दिइएको हो । वडा कार्यालयको तर्फबाट ४३ सहरी विकास कार्यालयको तर्फबाट ६५ गरि १०८ घरलाई जस्ताको छानो वितरण गरिएको हो ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *