भोजपुर । भोजपुरका कृषक व्यावसायिक जडीबुटी खेतीका जुटेका छन् । जडीबुटी खेतीबाट राम्रो आम्दानी लिने लक्ष्यका साथ लेकाली भेगका किसान सतुवा, चिराईतो, टिमुर, लोडसल्ला लगायत विभिन्न खाले बुहमुल्य जडीबुटीको व्यावसायिक खेतीमा जुटेका हुन् ।
आफ्नै गाउँ ठाउँमा व्यावसायिक जडीबुटी खेतीबाट राम्रो आम्दानी लिन सकिने किसानहरुको भनाइ छ । जिल्लाको माथिल्लो भेग तिम्मा, किमालुङ, हेलौछा, मझौले, सुन्तले लगायतका ठाँउमा सतुवा, चिराइतो, सतुवा, लोड सल्ला, लगायतका जडीबुटीको खेतीको राम्रो सम्भावना रहेको डिभिजन वन कार्यालय भोजपुरले जनाएको छ ।
माथिल्लो भेगमा जडीबुटीको प्रशस्त सम्भावना रहेकोले यस क्षेत्रका किसानहरुलाई लक्षित गरेर विभिन्न खालका प्रोत्साहका कार्यक्रमहरु सञ्चालन गरिरहेको कार्यालयको भनाइ छ ।
विशेष गरेर जिल्लामा भूगोल अनुसारको जडीबुटी खेतीमा जोड दिएको कार्यालयको भनाइ छ । जडिबुटी खेतीमा सरकारले ल्याएको प्रोत्साहन मुलक कार्यक्रमले खेती विस्तार गर्न थप टेवा पुगेको छ ।