Siddarth bankविज्ञापन
समाज

बाँदरको उपद्रो बढेपछि भोजपुरका किसान चिनितत

बाँदरको उपद्रो बढेपछि भोजपुरका किसान चिनितत

भोजपुर । भोजपुरका किसानको प्रमुख समस्या बाँदरको उपद्रो बनेको छ । 

वर्षभरी खाने अन्नपात बादरले छिनभरमा नै सखाप पार्ने भए पछि किसानहरु समस्यामा परेका हुन् ।

बाँदरको कारण भोजपुरको नौ वटै स्थानीय तहका अधिकांश भू भागका स्थानीयले समस्या भोग्दै आएका छन् । 

बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वन जंगल आसपासका बस्तीहरुका किसानहरु समस्या परेका हुन् । मकै पाक्ने समय भएकाले बाँदर खेतबारीमा पसेर अन्नबाली नश्ट पारेपछि किसान हैरान भएका छन् ।

बाँदरले जिल्लाको अन्नपूर्ण, नागी, बोखिम, टक्सार, हतुवागढी, बास्तिम, दलगाउँ, खावा, कोट,जरायोटार, गोगने, लेखर्क, धोद्लेखानी दिङलालगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका छ । 

बाँदर मकैको थाग्रा बगैंचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन् । स्थानियले स– साना टहरा बनाएर अन्नवालीको हेरचाह गर्ने गरेका छन् ।


 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *