भोजपुर । अकबरे खुर्सानीमा रोगको प्रकोप बढेसँगै भोजपुरका किसान समस्यामा परेका छन् ।
खुर्सानीमा डढुवा लाग्ने, किरा लाग्ने, बोटमै सुक्ने, फल झर्ने लगायतका रोग देखिँएपछि किसानको श्रम र लगानी जोखिममा परेको हो ।
लटरम्म फल लागेका बोटमा रोग देखिएपछि किसानहरु खुर्सानीको बोट उखालेर फाल्न बाध्य भएका छन् । एउटा बोटमा देखिएको रोग केही दिनमै अन्य बोटमा फैलिने गरेको किसानको गुनासो छ ।
पछिल्लो समय भोजपुरमा व्यावसायिक रुपमा खुर्सानी खेती गर्ने किसानको संख्या बढिरहेको छ । तर, रोग–किराको प्रकोपले यस वर्ष उत्पादन घट्ने भन्दै किसान चिन्तित बनेका छन् ।