भोजपुर । भोजपुरका किसान व्यावसायिक खुर्सानी खेतीमा जुटेका छन् ।
खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने भएपछि किसान व्यावसायिक खुर्सार्नी खेतीमा जुटेका हुन् । पौवादुङमा गाउँपालिका २ सोसेटारका युवा देउमान राई व्यावसायिक अकबरे खुर्सानी खेतीमा लागेका छन् ।
आफ्नै ठाउँमा कृषि कर्म उद्यमी बन्ने लक्ष्यका साथ उनले २५ रोपनी क्षेत्रमा खुर्सानी खेती गरेका हुन् । आफ्नै ठाउँमा कृषि कर्म गरेर उदाहरणीय बन्ने लक्ष्यले व्यावसायिक खुर्सानी खेतीमा जुटेको उनको भनाइ छ ।
करिव आठ वर्ष अघिबाट खुर्सानी खेती गरिरहनु भएका राईले यो वर्ष आफ्नो बारीमा १७ हजार बोट हारहारीमा खुर्सानी लगाएको छ । किसानलाई उनीहरुको व्यावसायिक योजनाको आधारमा आवश्यक सहयोगका कार्यक्रम सञ्चालन गरिरहेको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए ।
खुर्सानी खेतीको क्षेत्रलाई विस्तारको लागि गाउँपालिकाले गत आर्थिक वर्षमा ७५० किसानलाई ७० लाख बढीको मल्चिङ प्लाष्टिकलगायतका कृषि सामग्री वितरण गरिएको छ । गाउँपालिकाले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेसँगै गत वर्ष पौवादुङ्मामा खुर्सानीबाट १८ करोड हारहारीमा रकम भित्रिएको छ ।