Siddarth bankविज्ञापन
समाज

भोजपुरका किसान व्यावसायिक जडीबुटी खेतीमा आकर्षित

भोजपुरका किसान व्यावसायिक जडीबुटी खेतीमा आकर्षित

भोजपुर । भोजपुरका किसानहरु व्यावसायिक जडीबुटी खेतीमा आकर्षित भएका छन् । 

अन्यबालीको तुलनामा जडीबुटीको खेतीबाट राम्रो आम्दानी हुने भएपछि किसान जडीबुटी खेतीमा आकर्षित भएका हुन् । 

भोजपुरका उच्च लेकाली भू–भागमा चिराईलो, लोड सल्ला, सतुवालगायत जडीबुटीको व्यवसायिक खेतीमा किसान जुटेका छन् । किसानलाई थप व्यवसायिक बनाउन राज्यले पनि आवश्यक सहयोग गरेसँगै उनीहरु उत्साहित भएका छन् । 

किसानलाई उनीहरुले गरिरहेको काम तथा व्यावसायिक योजनाको आधारमा डिभिजन वन कार्यालय भोजपुरले आवश्यक अनुदान सहयोग गर्दै आएको । प्रदेश सरकारको हरित कार्यक्रम अन्र्तगत विभिन्न जडीबुटी खेतीमा प्रोत्साहन गरिएको कार्यालयको भनाइ छ । 

राज्यको प्रोत्साहनको कार्यक्रमसँगै चिराईतोको मुल्य बर्सेनी बढ्न थालेपछि भोजपुरमा व्यावसायिक खेतीमा लाग्ने कृषकको सङ्ख्या समेत बढेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *