समाज

पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नविकरण नहुने प्रधानमन्त्री ओलीको भनाइ

पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नविकरण नहुने प्रधानमन्त्री ओलीको भनाइ

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नविकरण नहुने स्पष्ट पारेका छन् । 

शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले पार्टी सदस्यता परित्याग गरेर भण्डारी राष्ट्रपति हुन गएकाले परित्याग गरेको सदस्यता नवीकरण नहुने बताएका हुन् । 

उनले आफुले भण्डारीको पार्टी सदस्यता खोस्यो भन्ने आरोपमा सत्यता नरहेको दाबी समेत गरे । प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति भण्डारीले चुनाव हारेकाहरुलाई भेला गरेर जमात खडा गर्दै हिँडेको आरोप समेत लगाए । 

प्रधानमन्त्री ओलीले दुई पटक राष्ट्रपति भइसकेको व्यक्तिले मदन भण्डारीको अर्को वर्षको जन्मदिन मनाउन अहिलेदेखि कार्यालय खोल्दै पार्टीविरुद्ध भेला गरेर बसेको आरोप समेत लगाए । कार्यक्रममा उनले आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई एमाले पार्टी प्रवेश गराए थिए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *